काठमाडौं । अल्टिमा लाइफस्टाइलले शुक्रबार पुतलीसडकमा नयाँ आउटलेट औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी गर्दै थियो । उक्त आउटलेटमा पहिलो ८२ जना ग्राहकलाई नयाँ वर्ष २०८२ को अवसरमा ३६० मै एयरबड्स दिने घोषणा गरिएको थियो ।
३ हजार ५०० पर्ने एयरबड्स ३६० मै पाउने भएपछि उक्त अफरको फाइदा उठाउन पुतलीसडक आउटलेट छेउछाउमा भीड अत्यधिक भयो । जसले गर्दा अल्टिमाले विज्ञप्ति जारी गर्दै सुरक्षालाई मध्यनजर गर्दै एयरबड्स ३६० अफर तत्कालका लागि स्थगित गरेको जनाएको छ ।
अफर लिन नपाएपछि केही युवाहरूले नाराबाजीसमेत गरेका थिए । अल्टिमाले आगामी कार्यक्रमबारे केही समयपछि जानकारी दिने जनाएको छ ।