काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रविन्दु भएर आज साँझ २ पटक भूकम्पको धक्का महसुस भएको छ ।
प्रथम पटक ८ः०७ बजे ५.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिमल्सेनाले जानकारी दिए ।
त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रविन्दु भएर ८ः१० बजे ५.५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उनले बताए ।