काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज झरेर १ लाख ७४ हजार ५ सय रुपैयाँमा पुगेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८०० रुपैयाँमा झरेको छ ।