कुलमान हटाइयो, पुनर्बहाली माग्दै जनताले गरे प्रदर्शन (फोटोफिचर)

काठमाडौं । कुलमान घिसिङको पुनर्बहालीको माग गर्दै आइतबार काठमाडौंको माइतीघर प्रदर्शन गरिएको छ ।

null

‘कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति’ को अगुवाइमा भएको प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरणमाथिको राजनीति बन्द गर’, ‘देशको शान कुलमान घिसिङ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ लेखिएको टिसर्टसमेत लगाएका थिए ।

null

कुलमानका समर्थकहरुले देशको शान कुलमान घिसिङ, कुलमान हाम्रो शान हो, देश र जनताको मान हो, पूरा नेपाल झलमल्ल छ, जनताको मनमा कुलमान छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ जस्ता प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका हुन् । 

null

प्रदर्शनमा तामाङ, नेवारी, झाक्री र डम्फू जस्ता परम्परागत सांस्कृतिक पहिरनमा सजिएर सहभागीहरूको विशेष उपस्थिति देखिएको थियो ।

आन्दोलनकारीहरूले कुलमान घिसिङलाई अपमानजनक ढंगमा बर्खास्त गरिएको भन्दै त्यसको कडा विरोध जनाएका छन् । ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाई हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

null

प्रदर्शनमा नेपाल राष्ट्रिय कर्मचारी संगठन, तामाङ संघ लगायतका संघ–संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो । समितिले घिसिङको पुनर्बहाली नभएसम्म चरणबद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

null

 

Share News