काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण गरेको छ । समितिले कृषिउपजहरूको अधिकतम थोक मूल्य तोकेको हो ।
थोक मूल्यका अनुसार, नेपाली ठूलो गोलभेँडा प्रतिकिलो ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र तराईको सानो गोलभेँडा २५ रुपैयाँ तोकिएको छ। त्यस्तै, रातो आलु ३५ रुपैयाँ र भारतीय रातो आलु ४० रुपैयाँमा उपलब्ध छ।
प्याज (भारतीय) ४५, गाजर (लोकल) ३५, बन्दा (लोकल) १५, काउली (स्थानीय) ४०, मूला (सेतो लोकल) २०, भन्टा (डल्लो) ४५ र तने बोडी ९० रुपैयाँमा पाइनेछ।
फलफूलतर्फ, स्याउ (फूजी) ३५०, केरा प्रतिदर्जन १६०, कागती २८०, अनार ३५०, अङ्गुर (कालो) २५०, तरबुजा ७०, जुनार र मौसम दुवै २००, नासपाती (चाइनिज) २६० र आभोकाडो ६५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।
हरियो सागसब्जीमध्ये पालुङ्गो साग ८०, चमसुर १००, तोरीको साग ६०, मेथीको साग १०० र रायो साग ७० रुपैयाँमा उपलब्ध छन् । त्यस्तै, भिण्डी १३०, पिँडालु ९०, च्याउ (डल्ले) ३००, राजा च्याउ ३०० र सिताके च्याउको थोक मूल्य प्रतिकिलो ८०० रुपैयाँ तोकिएको छ ।
मसला तथा अन्य वस्तुहरूमा अदुवा १३०, सुकेको खुर्सानी ४००, अकबरे खुर्सानी २५०, नेपाली लसुन ३००, चाइनिज लसुन ३२०, र ताजा माछा (रहु) ३२० रुपैयाँ प्रति किलोमा उपलब्ध छन् ।