काठमाडौं । पञ्चकन्या समूहले कविता नेपालीले चैत ३० गतेदेखि सुरू गर्ने सगरमाथा र लोत्से हिमाल आरोहणका लागि आर्थिक सहयोग प्रदान गर्ने भएको छ । पञ्चकन्या समुहले नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग प्रदान गर्ने भएको हो ।
कविता नेपाली, जो फिटनेस आइकन, कलाकार र चिनियाँ मार्सल आर्ट तथा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा सफल व्यक्तित्व पनि हुन् ।
पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठले भने, 'कविता नेपालीको यो प्रयास एक कलाकारको यात्रा मात्र होइन, बहुआयामिक प्रतिभा बोकेको महिला शक्ति र राष्ट्रिय गौरवको उज्यालो प्रतीक हो ।
यसअघि पनि पञ्चकन्याले सन् २०१३ मा सेभेन समिट्स अभियानमा माउन्ट किलिमान्जारो चढ्ने महिला समूहलाई सहयोग गरेको थियो । त्यस्तै, निशा अधिकारी, डा. प्रीति भुसाल, र पाँचजना महिला पत्रकारलाई सगरमाथा आरोहणमा साथ दिँदै, पञ्चकन्याले महिलाहरूको अन्तर्राष्ट्रिय पहिचान निर्माणमा महत्वपूर्ण टेवा पुर्याएको थियो ।