सुनको मूल्यमा गिरावट, चाँदी भने महँगियो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८०० रुपैयाँमा झरेको छ । आइतबार १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।  

Share News