काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्तालाई लक्षित गर्दै नयाँ 'मुक्तिनाथ पकेट मनी बचत खाता' सञ्चालनमा ल्याएको छ । यो खाता विशेष गरी भर्खरै एसईइ परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी सुरू गरिएको हो ।
बैंकका अनुसार यो बचत खाता बचतको महत्व बझाउन, डिजिटल बैंकिङ प्रोत्साहन गर्न र विद्युतीय कारोबारको जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न डिजाइन गरिएको हो । यसले बैंकिङ क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्दै, उनीहरूलाई वित्तीय साक्षरता र डिजिटल बैंकिङसँग जोड्न मद्दत गर्नेछ।
मुक्तिनाथ पकेट मनी खाता का ग्राहकहरूले न्यूनतम ५० रुपैयाँ राखेर खाता खोल्न सक्नेछन् । यस खाता खोल्ने ग्राहकलाई अर्धमासिक र मासिक रूपमा वित्तीय साक्षरता र विद्युतीय कारोबार जोखिमको ज्ञान प्रदान गरिनेछ । साथै, यो खाता खोल्ने ग्राहकहरूलाई १८ वर्ष नपुगेसम्म निःशुल्क मोबाईल बैंकिङ सुविधा प्राप्त हुनेछ ।
बैंकले निःशुल्क डिम्याट खाता र विद्युतीय कारोबारका अन्य सेवामा छुट प्राप्त गर्ने अवसर पनि प्रदान गरेको छ ।
यसका साथै, बैंकले 'मुक्तिनाथ फाइदा एप' पनि सञ्चालनमा ल्याएको छ जसले मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन र खाता खोल्ने जस्ता सुविधाहरू घरबाटै गर्न सकिन्छ ।
मुक्तिनाथ विकास बैंकले यस्ता सुविधाहरूसँग युवालाई समर्पित वित्तीय सेवामा सुधार ल्याउने उद्देश्य राखेको छ ।