नयाँ वर्षमा सीजीका सामान किन्दा थाइल्यान्ड घुम्न जाने अवसर

काठमाडौं । नयाँ वर्षको अवसरमा सीजी एसडीए (साना घरेलु उपकरण) ले ‘लेभल अप विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको छ । ‘लेभल अप’ अभियान अन्तर्गत ल्याइएको यो योजना चैत २२ गतेदेखि लागू गरिएको हो ।

यस योजनाअन्तर्गत सीजीका एसडीए उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यूआर कोड स्क्यान गरेर विवरण भरी सहभागी हुन सक्नेछन्।

योजनाका मुख्य आकर्षणहरू

साप्ताहिक पुरस्कार- हरेक हप्ता ग्राहकहरूले रोमाञ्चक पुरस्कार जित्ने अवसर पाउनेछन् ।

बम्पर पुरस्कार- अभियानको अन्त्यमा थाइल्यान्ड यात्रा र सीजी मेघौली सरायको विलासी यात्राजस्ता आकर्षक पुरस्कार जित्न सक्नेछन्

कम्पनीका अनुसार यो योजना सीजी डिजिटलका आउटलेटहरू तथा देशभरका च्यानल पार्टनरमार्फत कार्यान्वयन गरिएको छ।

सीजी नेपालकै इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा उच्च गुणस्तरका आधुनिक प्रविधियुक्त उत्पादनहरू उपलब्ध गराउँदै उपभोक्ताको विश्वास जित्दै आएको छ । नयाँ वर्षलाई थप उत्साहजनक बनाउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।

Share News