काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले बढेर २६७६ बिन्दुमा पुगेको छ ।
आज १५४ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
बुधबार ३१७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ४२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, सीइडीबी होल्डीङसको ३० करोड, हिमालयन रिइन्स्योरेन्सको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २२ करोड र राधी विद्युत कम्पनीको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
बुधबार बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशतले घटेकाे छ । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेकाे छ ।
विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशतले बढेकाे छ ।