क्रिस्टिनारोक्का र ब्लस ब्युटीको ‘नयाँ वर्ष, नयाँ सौन्दर्य’ उपहार योजना सार्वजनिक

काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिस्टिनारोक्का र ब्लस ब्युटीले नयाँ वर्ष २०८२ को अवसरमा ‘नयाँ वर्ष, नयाँ सौन्दर्य’ नामक उपहार योजना सार्वजनिक गरेका छन् । यस योजनामा तीन–तीन जना गरी कुल ६ जना विजेताले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

क्रिस्टिनारोक्का इटालीमा उत्पादित एक प्रिमियम यूरोपियन सौन्दर्य ब्रान्ड हो जसले उच्च गुणस्तरीय सौन्दर्य सामग्रीहरू उत्पादन गर्दै आएको छ । यस ब्रान्ड अन्तर्गत क्रिस्टिनारोक्का लिपस्टिक, लिप ग्लोस, भोल्युम मस्करा र लिप आयल जस्ता उत्पादनहरू उपलब्ध छन् । यी उत्पादनहरू महिलाको आत्मविश्वास र सौन्दर्यलाई उजागर गर्न विशेष रूपमा डिजाइन गरिएका छन् ।

त्यस्तै, ब्लस ब्युटी भारतमा उत्पादित एक प्रमुख सौन्दर्य ब्रान्ड हो जसले गिल्टर आइ शाडो प्यालेट, लिक्विड लिपस्टिक, म्याट लिप ग्लोस, कम्प्याक्ट पाउडर र क्रीम ब्लशर जस्ता उत्पादनहरू बिक्री गर्दै आएको छ । यी सबै उत्पादनहरू आधुनिक सौन्दर्य प्रवृत्तिलाई ध्यानमा राखेर तयार गरिएका छन् ।

उपहार योजनामा सहभागी हुन इच्छुकहरूले क्रिस्टिनारोक्का र ब्लस ब्युटीको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेजलाई लाइक र फलो गर्नु पर्नेछ । साथै, ती पेजहरूमा प्रकाशित भएका पोस्टलाई आफ्नो स्टोरीमा सेयर गरी ४ जना सौन्दर्य प्रेमी साथीहरूलाई ट्याग गर्नुपर्नेछ ।

अभियान समाप्त भएपछि लक्की ड्र मार्फत ६ जना विजेताको चयन गरिनेछ । विजेताहरूको घोषणा दुवै ब्रान्डका सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिनेछ ।

कम्पनीका तर्फबाट यो अभियान सौन्दर्य, आत्मविश्वास र नयाँ सुरुवातको सन्देश बोकेको विशेष उपहार योजना हो, जसले नेपाली ग्राहकहरूलाई उत्साहित गर्ने विश्वास लिइएको छ ।

Share News