विवादित व्यवसायी दुर्गा प्रसाईं पक्राउ, भारतबाट काठमाडौं ल्याइँदै

काठमाडौं । विवादित व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक घटना हुन भूमिका खेलेका उनी भारतको असाम राज्यबाट पक्राउ भएका हुन् ।  उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।

प्रसाईंकै उक्साहटमा चैत १५ गते तीनकुने घटनामा परेर दुई जनाको निधन भएको थियो भने दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए । विभिन्न निजी तथा सरकारी सम्पत्तिमा आगजनीसँगै लुटपाट पनि भएको थियो ।

Share News