डिजिहबको ‘टीएमएस’ सार्वजनिक : सेयर बजारमा ब्रोकरहरूका झन्झट कम गर्ने

काठमाडौं । डिजिहब प्रालिले नेपाली सेयर बजारमा डिजिटल युगको नयाँ अध्यायको सुरुआत गर्दै अन्तर्राष्ट्रिय स्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) सार्वजनिक गरेको छ ।

उक्त सिस्टम हालै पाँच प्रमुख ब्रोकर कम्पनीमा लाइभ भइसकेको छ । डिजिहबको यो नवीनतम प्लेटफर्मले सेयर कारोबारलाई सहज, छरितो र पूर्ण रूपमा स्वचालित बनाउने लक्ष्य लिएको छ ।

टीएमएसको सेवा डेस्कटप, वेब र मोबाइल (एन्ड्रोइड र आइओएस दुवै) संस्करणमा उपलब्ध छ । यसले प्रयोगकर्ताहरूलाई कुनै पनि स्थानबाट कुनै पनि समय सेयर कारोबार गर्न सहज बनाउनेछ ।

यस प्रणालीमा रहेका अर्डर बास्केट, एडभान्स चार्टिङ, मल्टी–विन्डो सपोर्ट, चाइल्ड अकाउन्ट म्यानेजमेन्ट लगायतका सुविधाहरूले कारोबार प्रक्रिया थप सूचना–आधारित, सुरक्षित र चाँडो बनाउने विश्वास लिइएको छ ।

डिजिहबको टीएमएसले इन्टिग्रेटेड ब्याक अफिस, सेन्ट्रलाइज्ड केवाईसी प्रणाली, एडभान्स रिस्क मोड्युल र रियल–टाइम नाफारनोक्सान ट्र्याकिङ जस्ता सुविधामार्फत ब्रोकरहरूले कारोबारका क्रममा झेल्दै आएका समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ ।

डिजिहबले यो प्रणालीमार्फत नेपालको सेयर बजारलाई पूर्ण रूपमा डिजिटल बनाउने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उन्नत बनाउने कार्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।

कम्पनीले चाँडै नै यो प्रणाली अन्य ब्रोकर कम्पनीहरूमा पनि विस्तार गर्ने योजना सार्वजनिक गरेको छ । साथै, सेयर कारोबारीलाई उत्कृष्ट प्रविधि र सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Share News