बागबजारको साहारा गेस्ट हाउसमा महिलाको शव भेटियो

काठमाडौं । काठमाडौंको बागबजारस्थित साहारा गेस्ट हाउसमा एक जना महिला मृत फेला परेकी छन् । अन्दाजी ३०-३२ वर्ष उमेरकी महिला होटलको कोठामा मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार होटलको कोठा नम्बर ३०१ मा शव भेटिएको हो । प्रहरीले अहिले मुचुल्का उठाउने काम गरिरहेको छ ।

शव गन्हाएपछि होटल संचालकले प्रहरीलाई खबर गरेको बुझिएको छ ।

Share News