पूर्व प्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा निधन

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) प्रदीप शम्शेर राणाको ७८ वर्षको उमेरमा गएराति निधन भएको छ । उनका छोरा दीप शम्शेर राणाले निधनको जानकारी दिएका हुन् ।

स्व. राणाको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा गरिने कार्यक्रम रहेको छ ।

राणा २०५७ साल असोजदेखि २०५९ साल पुससम्म नेपाल प्रहरी प्रमुख (आईजीपी) का रूपमा कार्यरत थिए । आफ्नो कार्यकालमा उनले शान्ति सुरक्षा कायम, संगठन सुदृढीकरण र अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका थिए । 
 

Share News