काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पुनः वृद्धि भएर इतिहासकै उच्च बिन्दुमा पुगेको छ । आइतबार सुनको मूल्य १ हजारले बढेर तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन शुक्रबार सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गइरहेकोले त्यसको असर नेपाली बजारमा समेत परेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ । महासंघका अनुसार शुक्रबार १ हजार ९०५ रुपैयाँ रहेको चाँदी आइतबार बढेर १ हजार ९६० रुपैयाँ पुगेको छ।