काठमाडौं । तीन वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने एक बैंकले घटाएको छ । विसं २०८२ वैशाख १ गतेदेखि लागू हुने गरी कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले ब्याजदर बढाएको छ ।
कुमारी बैंकले वैशाख महिनाका लागि मुद्दती निक्षेपमा ०.०९ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगत तर्फ ५.९२ प्रतिशत र संस्थागत तर्फ ४.९२ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.०१ प्रतिशत र संस्थागततर्फ ५.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, सानिमा बैंकले ०.१ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत ब्याजदर तोकेको थियो ।
यस्तै, नेपाल बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ५.१५ प्रतिशत र संस्थागततर्फ ०.१५ प्रतिशत घटाएर ४ प्रतिशत कायम राखेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागततर्फ ४.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।
एभरेष्ट बैंकले भने ब्याजदर बढाएको छ । बैंकले ०.६१ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ ६.६१ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशतमा झारेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो ।
साथै बैंकहरूले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार वैशाखमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.९७ प्रतिशत र संस्थागततर्फ ४.३६ प्रतिशत कायम छ ।