काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सांस्कृतिक र वित्तीय सन्देश समेटिएको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको छ । यस क्यालेन्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट अनुमोदित तिथि, सार्वजनिक बिदा, चाडपर्व, नेपाली–अंग्रेजी मिति, साथै प्रभु क्यापिटलका सेवा र सुविधाहरू समावेश गरिएको छ ।
डिजिटल माध्यममार्फत डाउनलोड र क्युआर कोड स्क्यान गरेर सजिलै पहुँच पाउने गरी क्यालेन्डर उपलब्ध गराइएको छ । प्रभु क्यापिटलले ग्राहकहरूलाई वित्तीय साक्षरताको सन्देश दिनका साथै आफ्नो सेवाबारे जानकारी दिने उद्देश्यले क्यालेन्डरलाई आकर्षक ढंगमा प्रस्तुत गरेको जनाएको छ ।
कम्पनीको साँचो पहिचान कर्मचारी हुन् भन्ने सोच अनुरूप, क्यालेन्डरमा कर्मचारीहरूकै माध्यमबाट सेवा र योजनाहरू प्रस्तुत गरिएको छ । नेपाली चाडपर्वमा उपहार दिने परम्परालाई आधुनिक सोचसहित विस्तार गर्दै, क्यापिटलले भविष्य केन्द्रित वित्तीय साधनहरू उपहार दिन प्रोत्साहन गरेको छ । जसले लगानी बढाउने, वित्तीय सुरक्षा दिने र समृद्ध भविष्यतर्फ उन्मुख गराउने सन्देश दिन्छ ।
कम्पनीका अनुसार क्यालेन्डरमा सांस्कृतिक झल्को दिने चित्रहरू र वित्तीय जानकारीलाई सँगै प्रस्तुत गरिएको छ । जसले परम्परा र प्रविधिको सशक्त संयोजन दर्शाउँछ ।
प्रभु क्यापिटलको यो डिजिटल क्यालेन्डर केवल समयको सूचक मात्र नभई वित्तीय चेतना, संस्कृतिको सम्मान र प्रविधिको प्रयोगको सफल उदाहरण बनेको छ । यसले ग्राहक तथा सर्वसाधारणलाई लगानीप्रति सचेत बनाउँदै, डिजिटल पहुँचमार्फत सुलभ र सन्देशमूलक अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।