२ सय जनालाई इसेवामा रोजगारीको अवसर, १२ कक्षा पासले आवेदन दिन सक्ने

काठमाडौं । डिजिटल वालेट सेवा प्रदायक कम्पनी इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले देशभरका विभिन्न प्रदेशमा कार्य गर्नका लागि २०० जना बजार प्रतिनिधिको माग गरेको हो ।

इसेवाले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २८/२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जनाको माग गरेको जनाएको छ ।

उम्मेदवारले न्यूनतम १२ कक्षा उत्तीर्ण गरेको हुनुपर्छ । इच्छुक व्यक्तिहरूले आफ्नो बायोडाटा कम्पनीको इमेलमार्फत पठाउन सक्नेछन् ।  

Share News