नयाँ वर्षको अवसरमा भोलि देशभर सार्वजनिक बिदा, बैंक र सेयर बजार बन्द

काठमाडौं । नेपाली पात्रो अनुसार भोलि वैशाख १ गतेबाट नयाँ वर्ष २०८२ सुरु हुँदैछ । नयाँ वर्षका अवसरमा देशभर सार्वजनिक बिदा दिइने भएकाले सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र सेयर बजार बन्द रहनेछन् ।

विक्रम संवत् अङ्ग्रेजी संवत् (ईस्वी) भन्दा ५६.७ वर्ष अगाडि सुरू भएको मानिन्छ । राजा विक्रमादित्यले चलाएको यो संवत् नेपालमा मल्लकालदेखि नै मौलिक संवत्का रूपमा प्रयोग हुँदै आएको हो ।

नयाँ वर्षको आगमनसँगै देश–विदेशमा रहेका नेपालीहरूले एक आपसमा शुभकामना आदानप्रदान गरी उल्लासपूर्वक पर्व मनाउने परम्परा छ । यस दिन मेष संक्रान्ति र बिस्का जात्रा जस्ता सांस्कृतिक चाडपर्वहरू समेत रहेकाे छ ।

हरेक वर्ष झैँ यसपटक पनि नयाँ वर्षको दिन भोलि सार्वजनिक बिदा दिइएको सरकारले जनाएको छ । 

Share News