ट्रम्पको अटो शुल्कका बाबजुत पनि स्टेलान्टिस मसेराटी ब्रान्डप्रति प्रतिबद्ध

काठमाडौं । कार निर्माता स्टेलान्टिस मसेराटीजस्तो समस्याग्रस्त लक्जरी ब्रान्डप्रति अझै प्रतिबद्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी भन्सार शुल्कहरूले सम्पूर्ण अटोमोबाइल उद्योगलाई नै जटिल बनाइरहेको अवस्थामा पनि स्टेलान्टिस मसेराटीप्रति प्रतिबद्ध रहेको हो ।

यसै साता स्टेलान्टिसका एक प्रवक्ताले बताएअनुसार समूहले कन्सल्टेन्ट म्याकिन्सीलाई मसेराटी र अल्फा रोमियो ब्रान्डहरूका लागि हालै घोषणा गरिएका भन्सार शुल्कहरूको प्रभावबारे सल्लाह दिन नियुक्त गरेको छ, किनकि यी दुई ब्रान्डहरू भविष्यको योजना तयार गरिरहेका छन् ।

यो समाचारले फेरि मासेराटीको भविष्यबारे अड्कलबाजीलाई ताजा बनाएको छ, जसले २०२४ मा उत्पादन आधाभन्दा बढी घटाएर केवल ११ हजार ३०० गाडी मात्र बनायो र २६० मिलियन युरो (२९५.८३ मिलियन डलर) अपरेटिङ घाटामा गएको थियो ।

हाल मसेराटीको दायरामा ग्रानटुरिज्मो कूपे र यसको कन्भर्टिबल संस्करण ग्रानकाब्रियो, ग्रेकाले एसयूभी र कम मात्रामा उत्पादन हुने एमसी २० स्पोर्ट कार छन् । 

कम्पनीको कुनै नयाँ मोडेल सार्वजनिक गर्ने योजना छैन र स्टेलान्टिसले गत वर्ष रोकिएको मसेराटीको व्यापार योजनाको पुनरावलोकन गरिरहेको छ ।

Share News