२०७९ जेठ २५ गते १३:०३ विकासन्युज
काठमाडौं । सेयर बजारको समस्या समाधानका लागि चार सदस्यीय सुझाव समिति गठन भएको छ । अर्थमन्त्रालयले जेठ २५ गते नै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल बसेर चार सदस्यीय सुझाव समिति गठन गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डको ३० औंं वार्षिकोत्सवको अवसरमा बोल्दै सो जानकारी गराएका हुन् । उनका अनुसार धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा अर्थ मन्त्रालय र राष्ट्र बैंकको प्रतिनिधीसहित चार सदस्यीय समिति गठन गरिएको हो ।
यससँगै, उक्त समितिले दिएको सुझावको आधारमा सम्बन्धित निकायले गर्नुपर्ने कामहरु गरिने समेत उनले बताए ।
यता, पुँजीबजार सुधारका लागि भन्दै लगानीकर्ता तिलक कोइरालाको संयोजकत्वमा बनेको संघर्ष समितिले जेठ २३ गतेदेखि २९ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.