धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ

<p>काठमाडाैं । सरकारले धानकाे न्युनतमा समर्थन मूल्य रुपैयाँ ताेकेकाे छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष  २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ तोकेको हो । पोहोरको तुलनामा यो मूल्य २१५ रुपैयाँ बढी हो । त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २२६ [&hellip;]</p>

काठमाडाैं । सरकारले धानकाे न्युनतमा समर्थन मूल्य रुपैयाँ ताेकेकाे छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष  २०७९/८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९६७ रुपैयाँ तोकेको हो । पोहोरको तुलनामा यो मूल्य २१५ रुपैयाँ बढी हो ।

त्यस्तै, मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १२८ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २२६ रुपैयाँ भन्दा बढी हो ।

सरकारले गत आर्थिक वर्ष २०७८/७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो ।

Share News