सेन्ट्रल फाईनान्सले श्रीहरिहर संन्यास आश्रमलाई दियो ग्यास सिलिण्डर र चुलो

  २०८० भदौ ११ गते १५:५६     विकासन्युज

काठमाडौं । सेन्ट्रल फाईनान्स नारायणगढले ग्यास चुलो तथा ग्यास सिलिण्डर वितरण गरेको छ । सेन्ट्रल फाईनान्स् नारायणगढ शाखाले सोमबार ग्यास चुलो तथा ग्यास सिलिन्डर वितरण कार्यक्रम गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तनहुँको देवघाटधाम स्थित श्रीहरिहर–संन्यास–आश्रममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको तर्फबाट शाखा प्रमुख मधु सुधन पौड्यालले सेन्ट्रल फाईनान्सले देशको समग्र आर्थिक विकासमा पुर्याएको योगदानको बारेमा प्रकाश पार्दै उक्त आश्रमलाई २० थान ग्यास सिलिन्डर र १ थान ठूलो ग्यास चुलो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा श्रीहरिहर–संन्यास–आश्रमका १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज र आश्रमका कक्षा ६ देखि १२ सम्म र बिद्यापिठ तहदेखी आचार्य तहसम्मका बिद्यार्थी र साधु, सन्त, ब्रम्ह्मचारी र अन्य पदाधिकारीहरू तथा सेन्ट्रल फाईनान्स् लिमिटेड, नारायणगढ शाखाका कर्मचारीहरूको उपस्तिथि रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै आएको यस संस्थाको कुपण्डोलस्थित केन्द्रीय कार्यालयसहित १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक (१) एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।

2 comments on "सेन्ट्रल फाईनान्सले श्रीहरिहर संन्यास आश्रमलाई दियो ग्यास सिलिण्डर र चुलो"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.