सेवा विस्तारमा आक्रामक बन्यो नेपाल माइक्रो इन्स्योरेन्स, ३ दिनमै ४ शाखा सञ्चालन

  २०८० कार्तिक २१ गते १३:४३     विकासन्युज

काठमाडौं । हालै सञ्चालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी शाखा विस्तारमा आक्रामक बनेको छ । कम्पनीले तीन दिनको अवधिमा ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

आफ्नो व्यवसाय विस्तार गर्न कम्पनीले शाखा विस्तारमा जोड दिँदै आएको हो । कम्पनीले तीन दिनको अवधिमा काभ्रेको बनेपा, सुनसरीको इटहरी, पर्साको वीरगन्ज र मकवानपुरको हेटौंडामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ ।

माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमाल र नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल राज गिरीले नयाँ शाखा कार्यालयको उद्घटान गरेका हुन् । शाखा विस्तार गर्दै सीईओ रिमालले लघुबीमाको रणनीतिक उद्देश्य प्राप्ति र सर्वसाधारणको पहुँचमा बीमा कम्पनी पुर्याउन लघुबीमा देशभरि पुर्याउने बताए ।

शाखा विस्तारले बीमा क्षेत्रको दायरा बढ्ने र स्थानीय व्यवसाय सुरक्षित हुने अपेक्षा गरेको उनको भनाइ छ । साथै, कम्पनीले सञ्चालनमा ल्याएको शाखाबाट उच्च स्तरको लघुबीमा सेवाहरू प्रदान गर्ने उनले बताए । जोखिममा परेका समुदायहरूलाई आर्थिक सुरक्षा प्रदान गर्ने लक्ष्य पूरा गरिरहेको उनको भनाइ छ ।

कम्पनीको केन्द्रिय कार्यालय चितवनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.