रविविरुद्ध पक्राउ पुर्जी जारी, सुरक्षा व्यवस्थामा कडाइ

  २०८१ असोज ६ गते १८:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ । जिल्ला अदालत, पोखराका न्यायाधीश कृष्णजंग शाहको इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको बुझिएको हो ।

सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडे पक्राउ भएका छन् । उनी पक्राउ भएसँगै अब प्रहरीले रवि लामिछानेलाई निगरानीमा राखेको विषय बाहिरिएको छ । उनकाे नाम पनि सहकारी ठगीको विषयमा मुछिएको छ ।

सहकारी बचत रकम ठगीसम्बन्धि छानबिन गर्न बनेको संसदीय छानबिन समितिले रवि, छवि र जीबी राईलाई कानूनी कारबाहीमा ल्याउनुपर्ने सुझाव सरकारलाई दिएको थियो । सरकारले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने तयारी गरिसकेको छ ।

पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेलाई प्रहरीले निगरानीमा राखेको भन्ने सूचनापछि उनी पार्टी कार्यालय पुगेको बुझिएको छ । रविलाई पनि आजै पक्राउ गर्नेगरी  जिल्ला अदालत, कास्कीबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको बुझिएको थियो ।

अहिले लामिछाने पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा छन् । यससँग काठमाडौंको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.