tarrifs


ट्रम्पको शुल्कविरुद्ध 'अन्त्यसम्म लड्ने' चीनको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापक शुल्क लगाएर सुरु गरेको विश्वव्यापी 'व्यापार युद्ध' केही कम हुने संकेत नदेखिए पनि मंगलबार सेयर बजार केही स्थिर देखिएका बेला चीनले अमेरिकाबाट आएको 'ब्ल्याकमेल' (जबरजस्ती) को विरोध गरेको छ । ट्रम्पले गत साता घोषणा गरेका शुल्कहरूमा चीनले ‘पारस्परिक’ जवाफ दिने निर्णय गरेपछि उनले बुधबारदेखि चीनबाट हुने अमेरिकी आयातमा थप ५० प्रतिशतभन्दा बढी पुर्‍याउने धम्की दिएपछि चीनले शुल्कविरुद्ध अन्तसम्म लड्ने चेतावनी दिएको हो । चीनको वाणिज्य मन्त्रालयले भनेको छ,  'अमेरिकाले चीनविरुद्ध थप शुल्क बढाउने धम्की दिएकै आफ्नै ठूला गल्तीहरू हुन् । यसले पुनः अमेरिकाको ब्ल्याकमेल गर्ने स्वभाव उजागर गरेको छ । यदि अमेरिका आफ्नो बाटोमै अडिग रहन्छ भने चीन अन्त्यसम्म लड्नेछ ।’ गत शुक्रबार चीनको वित्त मन्त्रालयले अप्रिल १० देखि लागू हुने गरी अमेरिकाबाट आयात हुने सम्पूर्ण वस्तुहरूमा ३४ प्रतिशत अतिरिक्त शुल्क लगाउने घोषणा गर्‍यो । यो निर्णय ट्रम्पले चीनमाथि ३४ प्रतिशत नयाँ शुल्क लगाएको प्रतिशोधस्वरूप आएको हो । यसअघि दुई चरणमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मका शुल्कहरू लगाइएका थिए, जसले मुख्यतः अमेरिकाबाट आयात हुने कृषिजन्य र ऊर्जासम्बन्धी वस्तुहरूलाई लक्षित गरेको थियो । अहिलेको सबै वस्तुहरूमा लागू हुने व्यापक शुल्क प्रणालीले चीनको नेतृत्वले अमेरिकासँग व्यापार सम्झौतामा आशा घटाएको देखाउने टेनेओका म्यानेजिङ डाइरेक्टर गेब्रिएल विल्डाओ बताउँछन् । ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत शुल्क फेब्रुअरीयता लिइएको २० प्रतिशत शुल्कमा थपिएको हो, जसले यो वर्ष चीनमाथि नयाँ शुल्कको कुल दर ५४ प्रतिशत पुर्‍याएको छ । मोर्गन स्ट्यान्लीका अनुसार यी थप शुल्कले अमेरिकाबाट चीनमाथिको औसत शुल्क दर ६५ प्रतिशतसम्म पुर्‍याएको छ र यसले चीनको अर्थतन्त्रमा यो वर्ष १.५ देखि २ प्रतिशत अंकसम्मको क्षति पुर्‍याउन सक्छ । युरोपेली आयोग (ईयू) ले पनि ट्रम्पको शुल्क आक्रमणको जवाफस्वरूप प्रतिशुल्क प्रस्ताव गरेको छ, जसले धेरै देशहरूलाई समेटेको छ ।  ईयूले औषधी, अटो उद्योगलगायत विभिन्न समूहसँग छलफल गरिरहेको छ ।  ट्रम्पको शुल्कले वित्तीय बजारलाई अस्तव्यस्त पार्नुका साथै  विश्व अर्थतन्त्र मन्दीतर्फ जाने भन्ने आशंका पैदा गरेको छ । लगातार केही दिन लगानीकर्ताका लागि नराम्रो भएको सेयर बजारमा मंगलबार सुधार देखियो, जसपछि ट्रम्पका नजिकका व्यापार नेताहरूले समेत उनलाई बाटो फेर्न आग्रह गरेका थिए । जापानको निक्केइ सूचकांक मंगलबार ६ प्रतिशतले बढ्यो, जुन अघिल्लो दिनको १.५ वर्षकै न्यूनतम स्तरबाट पुनः उठेको हो । चिनियाँ ब्लू चिप सूचकांक सीएसआई ३०० १ प्रतिशतले बढ्यो, जुन सोमबारको ७ प्रतिशतभन्दा बढीको गिरावटपछि केही सुधार हो ।  हङकङको ह्याङ सेङ्ग सूचकांक २ प्रतिशतले उकालो लाग्यो, जुन १९९७ यता सबैभन्दा खराब दिनको अनुभव गरेपछि आएको सुधार थियो । हङकङका नेताले यसलाई ’निर्दयी’ शुल्क भनेका थिए । युरोपेली र अमेरिकी सेयर फ्युचर्सहरू पनि मङ्गलबारको सुरुवातमा मजबुत देखिए भने विश्वव्यापी तेल मूल्य पनि भारी बिक्रीपछिको उकालो लाग्यो । तर इन्डोनेसियाको बजार भने नराम्रोसँग प्रभावित भयो- सेयर सूचकांक ९ प्रतिशतले घट्यो र मुद्राको मूल्य ऐतिहासिक न्यूनमा पुग्यो ।  ट्रम्पले भनेका छन् कि १० प्रतिशत न्यूनतमदेखि ५० प्रतिशतसम्मको लक्षित शुल्कले अमेरिका आफ्नो उद्योग आधार फर्काउन मद्दत गर्नेछ- जुन दशकौंको व्यापार उदारीकरणले गुमेको हो । 'यो हाम्रो देशको एक मात्र अवसर हो टेबल फेरि सेट गर्न । किनभने अरू कुनै राष्ट्रपतिको आँट हुँदैन यस्तो गर्न, न त त्यसबाट गुज्रने हिम्मत,’ उनले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने । अमेरिकी ट्यारिफविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै युरोपेली देश अमेरिकामा मन्दीको आशंका, चीनलाई विश्वमा राज गर्ने मौका  

१३५ अर्ब  नेटवर्थ गुमाएपछि झस्किए मस्क,  ट्रम्पसँग शुल्क फिर्ता लिन आग्रह

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थमा हालै भारी गिरावट आएको छ। सोमबार अमेरिकी सेयर बजारमा उकालो देखिए पनि टेस्लाको सेयर घट्यो। जसले गर्दा मस्कको नेटवर्थमा ४.३९ अर्ब डलरको गिरावट आयो । यस वर्षमात्र उनको नेटवर्थमा १३५ अर्ब डलरको गिरावट आइसकेको छ। अहिले उनको नेटवर्थ २९८ अर्ब डलरमा झरेको छ। यसैबीच वासिंगटन पोस्टको रिपोर्टअनुसार मस्कले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरी नयाँ ट्यारिफहरू फिर्ता लिन आग्रह गरेका छन् । ट्रम्पले हालै झण्डै ६० देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेका थिए । यतिमात्र होइन, सोमबार उनले चीनबाट आउने सामानमा ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने चेतावनीसमेत दिएका थिए । यसरी अब चिनियाँ सामानमा कुल ट्यारिफ १०४ प्रतिशत पुग्नेछ । रिपोर्टअनुसार मस्कले ट्रम्पको ट्यारिफको विरोध गरेका थिए र सिधै राष्ट्रपति ट्रम्पलाई प्रभावित गर्ने प्रयास पनि गरेका थिए । स्रोतहरूको भनाइअनुसार मस्कले ट्रम्पसँग प्रत्यक्ष कुरा गरेका थिए, तर त्यो प्रयास असफल भएको देखिन्छ । ट्रम्पले संवादका लागि केही खुलापन देखाए पनि आफ्ना योजनामा अडिग रहेका छन् । उनले गएको साता करिब ६० देशहरूमा ट्यारिफ लगाउने घोषणा गरेका थिए र चीनमाथि थप ३४ प्रतिशतको ट्यारिफ लगाइएको थियो । चीनसँगको सम्बन्ध यो पहिलो पटक होइन जब मस्क र ट्रम्प व्यापार नीतिमा आमनेसामने भएका हुन् । सन् २०२० मा पनि टेस्लाले ट्रम्प प्रशासनको ट्यारिफविरुद्ध मुद्दा हालेको थियो । सुरुमा मस्कले यस कदमको समर्थन गरेका थिए, तर पछि उनी विरोधमा उत्रिए । रिपोर्टअनुसार उनले त्यसपछि आफ्ना कर्मचारीहरूलाई समेत थर्काएका थिए । यस मुद्दाको कारण मस्कको धेरै आलोचना भएको थियो । धेरैले भनेका थिए कि मस्क चीनसँग धेरै मिल्ने गर्छन् र ट्रम्पको 'अमेरिका फर्स्ट' नीतिलाई कमजोर बनाइरहेका छन् । नयाँ ट्यारिफका कारण मस्कका धेरै सहयोगीहरू चिन्तित छन् । केहीले ट्रम्पका अधिकारीहरूसँग अपील पनि गरेका छन् । मस्कका पुराना साथी र लगानीकर्ता जो लोन्सडेलले भनेका छन् कि उनले ट्रम्प प्रशासनमा रहेका साथीहरूलाई भनेका छन् - यी ट्यारिफहरू चीनको तुलनामा अमेरिकी कम्पनीहरूलाई नै बढी नोक्सान पुर्‍याउँछन् । वासिंगटन पाेस्टका अनुसार केही व्यावसायीक नेताहरूले अनौपचारिक समूह बनाएर ट्रम्प प्रशासनलाई व्यापार नीति केही नरम पार्न आग्रह गरिरहेका छन् । ट्रम्पको शुल्कविरुद्ध 'अन्त्यसम्म लड्ने' चीनको घोषणा अमेरिकी ट्यारिफविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै युरोपेली देश