काठमाडौं । एईसीसी ग्लोबलले ‘अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८’, जुन ४, ६ र ७ मा काठमाडौंको होटल याक एण्ड यती, चितवनको भरतपुर गार्डेन रिसोर्ट र पोखराको होटल पोखरा ग्राण्डीमा गर्ने तयारी गरिरहेको छ ।
उक्त अष्ट्रेलियन एप्लिकेशन्स् डेमा काठमाडौँमा २८ अष्ट्रेलियन कोर्स प्रदायक तथा चितवन र पोखरामा १५ कोर्स प्रदायकहरु सहभागी हुने आयोजकको भनाइ छ ।
नेपालकै सर्वाधिक ठूलो अष्ट्रेलियन एजुकेशन फेयरका रुपमा लिइने यस मेलाको यस संस्करणमा काठमाडौंमा १ हजार १ सय, चितवन र पोखरामा त्रलमशः ३ सय र ५० भन्दा बढी सहभागीहरु उपस्थिति आयोजकको अपेक्षा छ ।
काठमाडौँको कार्यक्रमको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा एईसीसी ग्लोबलले उपलब्ध गराउने भिसा डक्यूमेण्टेसन, क्यारियर काउन्सिलिङ तथा टेष्ट प्रिपेरेशन बुथ जस्ता सेवा रहेको जनाइएको छ ।
आयोजकको अनुसार एईसीसी ग्लोबलको पार्टनरको रुपमा एनआईसी एसिया, नेपाल एसबीआई, सानिमा बैँक, सिद्धार्थ बैँक र एभरेष्ट बैँक गरी ५ विभिन्न बैँकले यस कार्यक्रमका सहभागीहरुलाई उत्कृष्ट अफरहरु प्रदान गर्नेछन् । ब्रिटिस काउन्सिलले पनि यस कार्यक्रममा भाग लिँदै अष्ट्रेलिया भिसा प्रक्रियाका लागि आवश्यक आइएल्ट्सका लागि टेस्ट प्रिपेरेशनसम्बन्धी जानकारी प्रदान गर्नेछ । ‘हामीले विद्यार्थी तथा तिनका अभिभावकले प्रत्यक्ष अष्ट्रेलियन कोर्ष प्रदायकलाई भेटी भर्ना, छात्रवृत्ति तथा भिसा डक्यूमेण्टेसनसँग सम्बन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्ने सोचका साथ कार्यक्रम आयोजना गर्दै आइरहेका छौँ,’ एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने,’ ‘यसले इच्छुक महानुभावहरुलाई प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ ।’ प्लस टु उत्तिर्ण विद्यार्थी तथा उनीहरुका अभिभावकको लागि वैदेशिक शिक्षा, विशेषगरी जुलाई, अगष्ट, नोभेम्बर र फेब्रुअरीमा अष्ट्रेलियामा भर्ना सम्बन्धि जिज्ञासा मेटाउने यो अवसार उचित रहेको उनको भनाइ छ ।
संस्थाले आफ्नो नियमित कार्य तालिकाका रुपमा अष्ट्रेलियन एजुकेशन फेयर एण्ड इभेण्टको २०१६ देखि वर्षमा कम्तिमा दुई पटक आयोजना गर्दै आइरहेको छ । पछिल्लो समयमा माग बढेको भन्दै २०१८ देखि भने वर्षमा ३ वटा कार्यक्रमको आयोजना गर्ने गरेको छ । २०१८ जनवरीमा यस संस्थाद्वारा आयोजना गरिएको अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए ।
विद्यार्थीहरुलाई शैक्षिक लक्ष्य प्राप्तिका लागि लामो समयदेखि सघाउने कार्यका लागि परिचित नाम हो एईसीसी ग्लोबल । सन् २००८मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ सहरमा सञ्चालित छ । प्रधानकार्यालय मेलबर्न अष्ट्रेलियामा रहेको एईसीसीले न्यू जील्याण्ड, क्यानेडा, यूएसए र यूकेका लागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गर्दछ ।