
काठमाडौं । व्यापक दुरुपयोग बढेको भन्दै सरकारले ट्रामडोल एकल वा समिश्रित औषधी बिक्री वितरणमा रोक लगाएको छ । केही मुलुकमा नियन्त्रित भइसकेको र नेपालमा यसको दुरुपयोग बढदै गएको ठहर गर्दै औषधी व्यवस्था विभागले बिक्रीवितरणमा रोक लगाएको हो । विभागले बजार अनुगमन गर्दा सो औषधीको व्यापक दुरुपयोग भएको ठहर गरेको छ ।
औषधी सल्लाहकार समितिको बैठकले ती वनावटका औषधी सीमित स्थानबाट मात्र बिक्री वितरण गराउने र सोको प्रभावकारी नियमनको निर्णय गरेको विभागले जनाएको छ । चिकित्सकको प्रेस्किृप्सन आधारमा र रेकर्ड राखेर बिक्री वितरण गर्न विभागले निर्देशन समेत दिएको छ । यस्तै औषधीपसल र अस्पतामा बिक्री हुन बाँकी रहेको औषधी फिर्ता गराउन विभागले भनेको छ ।