व्यवसायी राकेश अग्रवाल पक्राउप्रति नेउवा महासंघको ध्यानाकर्षण

<p>काठमाडौं । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । बक्यौता रकम तिर्न लगाउने राज्यसँग अनेक विधि, प्रक्रिया र कानून हुँदाहुँदै पनि सरकाले सो माध्यम नअपनाएकोमा महासंघको ध्यानाकर्षण भएको हो । साथै, यस्तो विषयमा गम्भीर भएर सोच्न महासंघ नेपालले सरकार समक्ष आग्रह गरेको [&hellip;]</p>

काठमाडौं । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । बक्यौता रकम तिर्न लगाउने राज्यसँग अनेक विधि, प्रक्रिया र कानून हुँदाहुँदै पनि सरकाले सो माध्यम नअपनाएकोमा महासंघको ध्यानाकर्षण भएको हो ।

साथै, यस्तो विषयमा गम्भीर भएर सोच्न महासंघ नेपालले सरकार समक्ष आग्रह गरेको छ ।

लगानीको वातावरण निर्माण सहित लगानी आकर्षणका लागि सरकार तथा निजी क्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचमा समेत पहल भैरहेको छ । वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्यले लगानीको वातावरणमा सहयोग नपुर्याउने हुँदा मुलुकले अवलम्वन गरेको विधि, प्रक्रिया र कानून अनुसार नै सरकार अगाडी बढ्नुपर्नेमा महासंघले जोड दिएको छ ।

Share News