कंगारु एजुकेशनको ६ दिने शैक्षिक मेला शुरु, विदेशमा पढ्न जानेलाई प्रभावकारी हुने

<p>काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले बिहीबारदेखि कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो शुरु भएको छ । फाउण्डेशनले पुर्व झापाको मुख्य सहर विर्तामोडबाट उक्त शो शुरु गरेको हो । शैक्षिक मेलाको पहिलो दिन विर्तामोड क्षेत्रका ५ सय भन्दा धेरै विद्यार्थी र अभिभावक सहभागी भएका छन् । विर्तामोड स्थित फाउण्डेशनको कार्यालय परिषरमा भएको कंगारु एजुकेशन फेयर अल [&hellip;]</p>

काठमाडौं । कंगारु एजुकेशन फाउण्डेशनले बिहीबारदेखि कंगारु एजुकेशन फेयर: अल नेपाल रोड शो शुरु भएको छ । फाउण्डेशनले पुर्व झापाको मुख्य सहर विर्तामोडबाट उक्त शो शुरु गरेको हो ।

शैक्षिक मेलाको पहिलो दिन विर्तामोड क्षेत्रका ५ सय भन्दा धेरै विद्यार्थी र अभिभावक सहभागी भएका छन् । विर्तामोड स्थित फाउण्डेशनको कार्यालय परिषरमा भएको कंगारु एजुकेशन फेयर अल नेपाल रोड शो मा न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभन्नि २४ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट विद्यार्थीले परामर्श लिएका छन् ।

मेलामा आएका विद्यार्थीले आफू जान चाहेको देश, त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृया, त्यसका लागि आवश्यक खर्च, उता पुगेपछि हुने पढाई, काम गर्न पाउने अवधि, पाईने काम, हुने आम्दानी आदी जस्ता चासोका कुरा सम्बन्धित देशकै कलेज प्रतिनिधिहरुबाट बुझेका छन् । मेलामा सहभागी हुनेहरुलाई पछि प्रकृया गर्दा लाग्ने सेवा शुल्कमा संस्थागत रुपमा छुटको व्यवस्था गरिएको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक एबं प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले बताए ।

विदेशमा अध्ययन गर्न चाहेर पनि सही सूचना र जानकारी नपाएर विद्यार्थी अलमलमा पर्न नपरोस भनेर आयोजना गरिएको रोड शो को पहिलो कार्यक्रम आफ्नो उद्धेश्यमा सफल भएको उनले बताए ।

झापाबाट शुरु भएको उक्त मेला देशका मुख्य ५ सहरमा हुँदैछ । शुक्रबार र शनिबार हुने दोश्रो दिनको मेला काठमाडौंको पुतली सडक स्थित संस्थाकै परिसरमा हुनेछ । यस्तै, मंसिर २ गते चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा मेला गरेर उक्त शो समापन हुने छ । सबै स्थानका मेला संस्थाको आफ्नै कार्यालय परिषरमा हुने बताइएको छ ।

Share News