सौगात मन्टेश्वरीद्धारा ११५ कुमारीको पुजा, नेपारी संस्कार सबैले मनाए

<p>काठमाडौं । कलंकीस्थित सौगात मन्टेश्वरीले शनिबार कुमारी पुजा कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ११५ जना कुमारीको पुजा गरिएको छ । कुमारी पुजा नेवारी समूदायमा चलिआएको संस्कार भए पनि स्कूलले आयोजना गरेको पुजामा सबै समूदाय सहभागि हुने गरेको, काठमाडौंभन्दा बाहिरका मानिसहरु पनि सहभागी हुने गरको सौगात मन्टेश्वरीकी प्रिन्सिपल राज्यलक्ष्मी बैदारले बताइन् । स्कूलले यस्तो [&hellip;]</p>

काठमाडौं । कलंकीस्थित सौगात मन्टेश्वरीले शनिबार कुमारी पुजा कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा ११५ जना कुमारीको पुजा गरिएको छ ।

कुमारी पुजा नेवारी समूदायमा चलिआएको संस्कार भए पनि स्कूलले आयोजना गरेको पुजामा सबै समूदाय सहभागि हुने गरेको, काठमाडौंभन्दा बाहिरका मानिसहरु पनि सहभागी हुने गरको सौगात मन्टेश्वरीकी प्रिन्सिपल राज्यलक्ष्मी बैदारले बताइन् । स्कूलले यस्तो कार्यक्रम हरेक वर्ष गर्ने गरेको र यस पटकको कार्यक्रम चौथो भएको उनले जानकारी दिइन् ।

जयप्रकाश मल्लको पालामा शुरु भएको कुमारी पुजाको परम्परालाई जोगाउने, नारीहरुको शुस्वास्थ्यको कामना गर्ने उदेश्यले यस्तो कार्यक्रम आयोजना गरिएको उनले बताइन् । कुमारीको आत्मामा तलेजु भवानीको बास हुन्छ, कुमारीलाई पुँजा गर्दा धेरै लाभ हुन्छ भन्ने विश्वास भएको उनले बताइन् ।

सानासाना बाबुनानीलाई कुमारी पुजा सिकाउन, परम्परा र संस्कार सिकाउन, अभिभावक र अभिभावकका आफन्तहरुसँग स्कूलको सम्बन्ध सुमधुर बनाउन यस्तो कार्यक्रम फलदायी भएको उनले बताइन् ।

कुमारी पुजामा स्थानीय महिलाहरुले नानीहरुलाई टिका लगाउने, माला लगाउने, पैसा दिने, कापी, कलम, मिठाई, वितरण गर्ने गरेका थिए । स्कूलले मैत्रीनगरस्थित इसानेश्वर मन्दीर परिसरमा कुमारी पुजा आयोजना गरेको हो ।

उक्त कार्यक्रमलाई कीर्तिपुर इनर व्हिल क्लब र स्थानीय समूदायले सहयोग गरेका छन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, स्थानीय समूदायको बाक्लो उपस्थिति थियो ।

सम्बन्धित समाचार


अबको शिक्षा लौरो देखाएर होइन, मल्टिबोर्ड देखाएर

Share News