उद्योग वाणिज्य सङ्घकाे अध्यक्षमा श्रेष्ठ

<p>भोजपुर । भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा धुव्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले ३१० मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गरेका हुन् । प्रथम उपाध्यक्षमा कर्णबहादुर मोक्क्तान, द्वितीय उपाध्यक्षमा नीरकुमार विश्वकर्मा, महासचिवमा नवीन प्रधान, सचिवमा विन्द्रकुमार राई, कोषाध्यक्षमा प्रवीनकुमार सुवाल तथा सदस्यमा रमेश कार्की, कमल प्रधान, राजन राई, देवराज [&hellip;]</p>

भोजपुर । भोजपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा धुव्रलाल श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनमा श्रेष्ठले ३१० मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रामचन्द्र श्रेष्ठलाई ४३ मतले पराजित गरेका हुन् ।

प्रथम उपाध्यक्षमा कर्णबहादुर मोक्क्तान, द्वितीय उपाध्यक्षमा नीरकुमार विश्वकर्मा, महासचिवमा नवीन प्रधान, सचिवमा विन्द्रकुमार राई, कोषाध्यक्षमा प्रवीनकुमार सुवाल तथा सदस्यमा रमेश कार्की, कमल प्रधान, राजन राई, देवराज प्रधान, बुद्धिकुमार श्रेष्ठ, लालबहादुर श्रेष्ठ, अनिल बस्नेत, ऋषिधन राई, ईश्वर श्रेष्ठ, विमल रणपहेलीलगायत विजयी भएका छन् । निर्वाचनमा ५८५ व्यवसायीले मतदान गरेका थिए । रासस

Share News