काठमाडौं। अष्ट्रेलिया जाने बिद्यार्थीलाई लक्षित गरि मेगा अष्ट्रेलिया शैक्षिक मेलाको चौथों संस्करण आयोजना हुने भएको छ ।
नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृति विषयमा सूचना दिन मेला आयोजना गरिएको आयोजकले जनाएको छ । यस मेला मङ्सिर ६ र ७ गते होटेल अन्नपूर्णमा आयोजना हुने छ ।
मेलामा विभिन्न कलेज तथा बिश्वबिद्यालयका प्रतिनिधिबाट छात्रवृत्ति तथा बिभिन्न कोर्ष सम्बन्धि जानकारी साथै बिद्यार्थीको लागि कुन बिषय ठिक भन्ने बारेमा समेत जानकारी दिइने छ । मेलामा जान कुनै शुल्क तिर्न नपर्ने आयोजकले जनाएको छ ।