काठमाडौं । नेपाल बङ्गलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तेह्रथुम स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई शैक्षिक समाग्रीहरु सहयोग गरेको छ । बैंकले उक्त विद्यालयलाई ४ लाख १३ हजार रुपैयाँ बराबरको बिज्ञान प्रयोगशालाका सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणी शिवाकोटी र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना कार्यक्रमा सहभागी भई उक्त विद्यालयलाई सहयोग सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।