शैक्षिक रुपान्तरणका लागि टिच फर नेपालको आहवान, आवेदनको म्याद २४ मंसिरसम्म

<p>काठमाडौं।शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गर्दै सुरु भएको ‘टिच फर नेपाल’ अभियानले आगामि सत्रको लागि नेपाली युवाहरूलाई आवेदन भर्न आह्वान गरेको छ। आवेदनको म्याद २४ मंसिरसम्म रहेको छ। टिच फर नेपालले सामाजिक रुपान्तरणको लागि डट्ने ल्याकत भएका अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ। यस अभियान अन्तर्गत [&hellip;]</p>

काठमाडौं।शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गर्दै सुरु भएको ‘टिच फर नेपाल’ अभियानले आगामि सत्रको लागि नेपाली युवाहरूलाई आवेदन भर्न आह्वान गरेको छ। आवेदनको म्याद २४ मंसिरसम्म रहेको छ।

टिच फर नेपालले सामाजिक रुपान्तरणको लागि डट्ने ल्याकत भएका अब्बल नेपाली युवालाई आफ्नो अभियानमा सामेल हुन अपिल गरेको छ। यस अभियान अन्तर्गत हरेक प्रज्ञार्थीले २ वर्षसम्म प्रतिबद्ध भएर नेपालका विभिन्न सार्वजनिक विद्यालयहरूमा काम गर्नुपर्ने हुन्छ।

“टिच फर नेपाल अभियान प्रज्ञार्थीहरूको लागि आफ्नो र विद्यार्थीहरूको नेतृत्व विकासको यात्रा हो”, टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले बताए। उनले २ वर्षको अनुभवबाट प्रज्ञार्थीहरूले सीमित स्रोत र साधन प्रयोग गरेर प्रगति उन्मुख सोच भएका युवाजमातसँग सहकार्य गर्ने सुनौलो अवसर भएको बताए।

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट बी.ई. गरेका टिच फर नेपालका पुर्व प्रज्ञार्थी होम बहादुर थापाले टिच फर नेपालको अनुभवले समाजलाई नजिकबाट हेर्न पाएको बताए। उनले भने, “४२ दिनको आवासीय तालिममा हामीले विभिन्न समाजिक र शैक्षिक जानकारी पायौँ। धेरै कुरालाई विभिन्न कोणबाट हेर्न सिक्यौँ।” तालिमको अन्त्यसम्म एक अर्काप्रतिको बुझाइ, प्रेम र सम्मान बढेको उनले बताए।

Share News