मंसिर २१ गते हिमालय कलेज अफ इन्जिनियरिङमा रोजगार मेला

<p>काठमाडौं। ललितपुरको च्यासलमा रहेको हिमालय कलेज अफ इन्जिनियरिङले  मंसिर २१ गते आफ्नै प्राङ्गणमा बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ । बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले गर्नेछन्। हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरुलाई केन्द्रित गरेर आयोजना गरिएको [&hellip;]</p>

काठमाडौं। ललितपुरको च्यासलमा रहेको हिमालय कलेज अफ इन्जिनियरिङले  मंसिर २१ गते आफ्नै प्राङ्गणमा बृहत् रोजगार मेलाको आयोजना गर्ने भएको छ । बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हरिभक्त शर्माले गर्नेछन्।

हिमालय कलेज अफ इन्जिनियरिङ, काठमाडौं मोडेल कलेज र अपोलो इन्टरनेसनल कलेजका विद्यार्थीहरुलाई केन्द्रित गरेर आयोजना गरिएको उक्त मेलामा २० वटा रोजगारदाता कम्पनीहरु सहभागी हुने र आफूलाई आवश्यक जनशक्तिको छनोट अन्तर्वार्ताबाट गरीने बताइएको छ । मेलामा झण्डै १०० जना विद्यार्थीहरुले सहभागिता जनाउने कलेजले जनाएको छ ।

Share News