१ लाख घुससहित गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल पक्राउ

<p>काठमाडौं।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित आइतबार साँझ पक्राउ परेका छन्। लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराइदिन्छु भनी उनले घुस लिएको खुलेको छ। उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट  आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकका रूपमा कार्यरत थिए । [&hellip;]</p>

काठमाडौं।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित आइतबार साँझ पक्राउ परेका छन्। लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराइदिन्छु भनी उनले घुस लिएको खुलेको छ।

उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट  आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकका रूपमा कार्यरत थिए । पूर्वस्वस्थ्यमन्त्री दीपक बोहराको पालामा उनी केही दिनका लागि स्वास्थ्यसेवा विभागको निमित्तमहानिर्देशकसमेत बनेका थिए ।

डा पौडेल यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक हुँदा पनि विवादित बनेका थिए ।

Share News