मकवानपुरमा निशुल्क स्वास्थ्य परीक्षणमा शिविर तथा बाली /पशु संरक्षण कार्यक्रम

<p>काठमाडौं । कृषि विकास बैंकको क्षेत्रिय कार्यालय विरगंज र शाखा कान्तिपथ मकवानपुरको संयुक्त आयोजनामा स्वास्थ्य परीक्षण तथा बाली, पशु संरक्षण कार्यक्रम संचालन गरिको छ । आयोजित कार्यक्रममा कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगंजका निर्देशक बाबुकाजी थापाले आवश्यक औषधी सहितको बाकस प्राथमिक स्वास्थ्य केन्द्रका डा.प्रविण पाण्डेलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका छन् । स्थानीय दाजुभाई तथा [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंकको क्षेत्रिय कार्यालय विरगंज र शाखा कान्तिपथ मकवानपुरको संयुक्त आयोजनामा स्वास्थ्य परीक्षण तथा बाली, पशु संरक्षण कार्यक्रम संचालन गरिको छ । आयोजित कार्यक्रममा कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगंजका निर्देशक बाबुकाजी थापाले आवश्यक औषधी सहितको बाकस प्राथमिक स्वास्थ्य केन्द्रका डा.प्रविण पाण्डेलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेका छन् ।

स्थानीय दाजुभाई तथा दिदीबहिनीको व्यापक उपस्थित रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रिय निर्देशक थापाले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउने कृषि विकास बैंक हो भन्ने कुरालाई स्पष्ट पारेका छन् । ५१ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापित बैंकले हाल आधुनिक प्रविधी मार्फत लागेकाे छ ।

नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गरेको छ । कृषि विकास बैंक कान्तीपथका प्रबन्धक देवीप्रसाद पोखरेल, समाजसेवी भक्तबहादुर खत्री र डा.प्रविण पाण्डेले कार्यक्रमको अनिवार्य रहेको जनाएका छन् ।

उक्त कार्यक्रम पश्चात पावस दुग्ध उत्पादन सहकारी संस्था बकैया, ५ मकवानपुरमा पशु तथा वाली वीमा सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम समेत संचालन भएको भएको हो । कार्यक्रममा  बैंक एसएमई विभागका शाखा प्रमुख प्रेम खनाल, शा.अ मधुसुदन खकुरेलले बाली वीमा तथा पशु वीमा सम्बन्धी प्रशिक्षण समेत दिएका थिए । कार्यक्रमको संचालन कृषि विकास बैंकको शाखा कार्यालय कान्तिपथका शा.अ. कृष्णप्रसाद पराजुलीले गरेका छन् ।

Share News