प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सूचना प्रविधिमैत्री बनाईने

<p>काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सामूदायिक माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाउने भएको छ । त्यसको लागि आयोगले सूचना जारी गरी मापदण्ड पूरा भएका इच्छुक विद्यालयलाई आवेदन दिन आग्रह गरेको छ । विभागले सूचना प्रकाशित भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न विद्यालयहरुलाई आह्वान [&hellip;]</p>

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभागले प्रत्येक प्रदेशबाट १/१ वटा विद्यालय छनोट गरी सामूदायिक माध्यमिक विद्यालयलाई सूचना प्रविधिमैत्री विद्यालय बनाउने भएको छ । त्यसको लागि आयोगले सूचना जारी गरी मापदण्ड पूरा भएका इच्छुक विद्यालयलाई आवेदन दिन आग्रह गरेको छ । विभागले सूचना प्रकाशित भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न विद्यालयहरुलाई आह्वान गरेको हो ।

विधालय छनोटको लागि विधालय सामुदायिक वा माध्यमिक तहको हुनुपर्ने , विधालयमा सुरक्षित पक्की भवन,फर्निचर लगायत भौतिक पुर्वाधार राम्रो ब्यवस्था हुनुपर्ने र नियमित रुपमा विधुत आपुर्ती भएको हुनुपर्ने, ईन्टरनेट जडान गरिएको हुनुपर्ने वा जडान हुन मिल्ने हुनुपर्ने र सुचना प्रविधी सम्बन्धी दक्ष जनशक्तीको ब्यवस्था हुनुपर्नेछ वा गराउने प्रतिवद्दता प्राप्त हुनुपर्ने छ।

विद्यालयले प्रस्ताव पेश गर्ने नमूना फाराम विभागले आफ्नो वेवसाइटमा राखेको छ ।

Share News