काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धानमा विशेष छुट पाउँने भएको छ । छुटसँगै सुविधा पाउने गरि नबिल बैंक र केडीईसीएच बिच सम्झौता भएकोे छ ।
उक्त सम्झौता बमोजिम बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई एकस रे बाहेक सामान्य अस्पताल शुल्कमा २० प्रतिशत छुट गर्ने भएको छ । दन्त चिकित्सा, दन्त प्रत्यारोपण, ओर्थोडोटिक्स तथा क्राउन ब्रिजमा १० प्रतिशत छुट रहेको छ ।नबिल बैंक प्रमुख खुद्रा बैंकिङ्ग निरज शर्माले र कान्तिपूर डेन्टल कलेज तथा शिक्षणा अस्पताल र अनुसन्धान केन्द्रका अध्यक्ष बुद्धिमान श्रेष्ठले सम्झौता गरेका हुन् ।
कान्तिपूर डेन्टल कलेज तथा शिक्षण अस्पताल र अनुसन्धान केन्द्र एक सुविधा सम्पन्न डेन्टल अस्पताल हो जसमा १५० दन्त कुर्सी तथा ९ वटा विभागहरु रहेका छन् । धापासी स्थीत सो डेन्टल अस्पतालको कपन, पोखरा, बुटवल, भलवाडी तथा नारायणघाटमा सेवा केन्द्रहरु छन् । बहु–विशेषता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै आधुनिक उपचार प्रकृया अपनांउदै आएको छ ।
नबिल बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, १२१ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।