नेपाल एम्बुलेन्स सेवाले पायो दक्षिण एशियाको ब्रिटिश मेडिकल जर्नल अवार्ड

<p>काठमाडौं । नेपाल एम्बुलेंस सर्भिस (नास)ले ब्रिटिश मेडिकल जर्नल अवार्ड पाएको छ । नासलाई यस वर्षको क्वालिटी इम्प्रुभमेन्ट एण्ड पेशेंट सेफ्टी टिमको श्रेणीमा उक्त अवार्डद्धारा पुरस्कृत गरिएको हो । ब्रिटिश मेडिकल जर्नल दक्षिण एशिया अवार्ड हरेक वर्ष आयोजित हुँदै आएको छ । यो बीएमजे अवार्ड्स दक्षिण एशियाको पाँचौं संस्करण थियो र उक्त अवार्ड समारोह डिसेम्बर [&hellip;]</p>

काठमाडौं । नेपाल एम्बुलेंस सर्भिस (नास)ले ब्रिटिश मेडिकल जर्नल अवार्ड पाएको छ । नासलाई यस वर्षको क्वालिटी इम्प्रुभमेन्ट एण्ड पेशेंट सेफ्टी टिमको श्रेणीमा उक्त अवार्डद्धारा पुरस्कृत गरिएको हो ।

ब्रिटिश मेडिकल जर्नल दक्षिण एशिया अवार्ड हरेक वर्ष आयोजित हुँदै आएको छ । यो बीएमजे अवार्ड्स दक्षिण एशियाको पाँचौं संस्करण थियो र उक्त अवार्ड समारोह डिसेम्बर १ , २०१८ मा चेन्नईमा आयोजित भएको थियो ।

दक्षिण एशिया भरमा १५०० भन्दा बढी नोमिनेशनहरु- एक्सिलेन्स इन मेडिकल एडुकेसन् , हेल्थकेयर इनोवेशन, क्वालिटी इम्प्रुभमेन्ट र पेशेंट सेफ्टी टिम जस्ता विधामा प्राप्त भएको थियो । फाइनलिस्टहरु भारत, म्यानमार, श्रीलंका, बांग्लादेश, पाकिस्तान र नेपालका प्रतिनिधिका साथ विभिन्न क्षेत्रबाट रहेका थिए ।

नासका अध्यक्ष रन्जित आचार्यले भने , “यस पुरस्कारको श्रेय हाम्रो सम्पूर्ण टिमलाई जान्छ जसको कारण हामी नेपालबाट यो पुरस्कार जित्न सफल भएका छौँ । २४ घण्टा आपातकालीन सहयोगको लागी, सर्बसाधारणले टोल फ्री नम्बर १०२ मा सम्पर्क गर्न सक्नुहुनेछ । यसको आकस्मिक टेलिफोन नम्बर १०२ ले सिधै नासमा सूचना दिन्छ र नजिकमा रहेका एजेन्टहरुले उक्त फोन कलको प्रतिकृया दिँदै तत्काल नजिकको उपलब्ध एम्बुलेन्सलाई परिचालन गर्दछ ।”

नासले प्रत्येक एम्बुलेन्समा ईएमटी (आपातकालीन मेडिकल टेक्नीशियन) दक्ष आकस्मिक प्राविधिकको सहायताले अन्तराष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

Share News