विभेदकारी शिक्षा अन्त्य गर्नु आजको आवश्यकता : खानेपानी मन्त्री मगर

<p>काठमाडौं । खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजना बद्द कार्यक्रमहरु ल्याउनु पर्ने बताएका छन्  । कंचनपुरको पुनर्वास नगरपालिकामा रहेको श्री जन कल्याण उच्च माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै विभेदकारी शिक्षाको अन्त्य आजको आवश्यकता रहेको जानकारी दिएका छन् । सरकारले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको बताउँदै गुणस्तरीय शिक्षाको माध्यमबाट [&hellip;]</p>

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजना बद्द कार्यक्रमहरु ल्याउनु पर्ने बताएका छन्  । कंचनपुरको पुनर्वास नगरपालिकामा रहेको श्री जन कल्याण उच्च माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै विभेदकारी शिक्षाको अन्त्य आजको आवश्यकता रहेको जानकारी दिएका छन् ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरेको बताउँदै गुणस्तरीय शिक्षाको माध्यमबाट नै राष्ट्र निर्माणको निम्ति दक्ष जनशक्ति उत्पादन हुने कुरामा कुनै आशंका नभएकाे कुरा अवगत गराएका छन्  । अहिलेको शिक्षा नीतिलाई परिमार्जन गरेर अघि बढ्नु पर्ने चुनौती रहेको छ ।

विद्यार्थीको क्षमता अनुसारको पठनपाठनमा सुधार गर्नुपर्नेमा सरकार गम्भीर रहेको उनको भनाई रहेको छ । अध्ययन गरेको विद्यालयको वार्षिकोत्सब कार्यक्रममा सहभागी हुन कंचनपुर पुग्नु भएकी मन्त्री मगरले विद्यालयले भोग्नुपरेको विविध समस्याको समाधान गर्न आफू सधैं तत्पर रहेको बताउँदै आफ्नो तर्फबाट पुरा सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share News