नेपालमा पहिलोपटक बेहोस नपारी मस्तिष्कको शल्यक्रिया

<p>काठमाडौँ। नेपालमा पहिलोपटक बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालका चिकित्सकले छारे रोग भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न सफल भएका छन् । अस्पातलले बेहोस नपारी उनको मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा [&hellip;]</p>

काठमाडौँ। नेपालमा पहिलोपटक बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालका चिकित्सकले छारे रोग भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न सफल भएका छन् ।

अस्पातलले बेहोस नपारी उनको मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो।

नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ। रासस

Share News