हिमालयन बैंक र चिरायू अस्पताल बीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता

<p>काठमाडौं । हिमालयन बैंक र चिरायू अस्पताल बसुन्धारा, काठमाडौं बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरा नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंक र चिरायू अस्पताल बसुन्धारा, काठमाडौं बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरा नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने सेवामा १५ % सम्म छुट दिने भएको छ ।

Share News