जनता बैंकको आयोजनामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

<p>काठमाडौं । जनता बैंक नेपालको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा मंसिर २७ गते सम्पन्न उक्त शिविरमा विशेष गरी [&hellip;]</p>

काठमाडौं । जनता बैंक नेपालको आयोजनामा रसुवाको दुई स्थानमा ३ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ अन्तर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा मंसिर २७ गते सम्पन्न उक्त शिविरमा विशेष गरी स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै रसुवा जिल्लाको कालिका गाँउपालिकामा मंसिर २६ गते स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो ।

नौकुण्ड स्वास्थ्य शिविरको उद्घाटन रसुवा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश नं. ३ का माननीय सांसदहरु प्रभात लामा र प्रेम लामाले संयुक्त रुपमा गरेका थिए । ८ सय ४६ जनाको स्वास्थ्य परिक्षण गरिएको उक्त शिविरमा ५४ जनाको शिविर स्थलमै मोति बिन्दुको शल्यक्रिया गरिएको थियो । बिरामीहरुलाई आवश्यक औषधी र चश्मा निःशुल्क वितरण गरिएको थियो ।

स्त्री रोग सम्बन्धि उपचारको लागि लक्षित गरिएको शिविरमा पाठेघरको अपरेशन गर्नुपर्ने गरि पहिचान भएका विरामीहरुलाई अपरेशनको लागि अस्पतालमा रिफर गरिएको छ ।

Share News