
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकले उत्तरपुस्तिका पुनःपरीक्षण सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
२०७५ को ब्यवस्था बमोजिम कक्षा ११ को वार्षिक परिक्षाको नतिजामा चित्त नबुझी पुनःपरीक्षणको लागि निवेदन दिएका विधार्थीहरुले पुनःपरीक्षणको २०७५/८/१२ गते प्रकाशित नतिजा प्रकाशन नतिजा चित्त नबुझाएको कुरालाई ध्यानमा राख्दै परिक्षा बोर्डले फेरी अर्को सुचना जारी गरेको हो।
सुचना अनुसार पुनःपरीक्षणको चित्ता नबुझेका विधार्थीहरुले तोकिएको सर्त पूरा गरी प्रति विषय दुई हजार रुपैयाँ शुल्क सहित उत्तरपुस्तिका पुनःपरिक्षणका लागि बोर्डका सम्बन्धीत प्रदेश परीक्षा व्यवस्थापन कार्यालय वा शाखा कार्यालयहरुमा निवेदन दिनपर्नेछ।
विधार्थीले सुचना प्रकाशन भएको १५ दिन भित्रमा निवेदन दिईसक्नु पर्नेछ।
