नेपाल चेम्बर र बिजनेश स्कूलबीच साझेदारी, १ करोडको छात्रबृत्ति प्रदान गरिंदै

<p>काठमाडौं । प्रिसीडेन्सियल बिजनेस स्कूल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्ससंगको साझेदारी भएको छ । चेम्बर भवनमा सम्पन्न त्रिपक्षय समझदारीमा  नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बर अन्तर्गतको शिक्षा तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर, प्रिसीडेन्सियल बिजनेस स्कूलको तर्फबाट कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसी र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष ई. पंकज [&hellip;]</p>

काठमाडौं । प्रिसीडेन्सियल बिजनेस स्कूल र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपाल चेम्बर अफ कमर्ससंगको साझेदारी भएको छ ।

चेम्बर भवनमा सम्पन्न त्रिपक्षय समझदारीमा  नेपाल चेम्बर अफ कमर्सको तर्फबाट चेम्बर अन्तर्गतको शिक्षा तथा खेलकुद समितिका सभापति दीपककाजी तुलाधर, प्रिसीडेन्सियल बिजनेस स्कूलको तर्फबाट कलेजका कार्यकारी निर्देशक लक्ष्मण केसी र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको तर्फबाट फाउन्डेसनका अध्यक्ष ई. पंकज जलानले उक्त पत्रमा हस्ताक्षर गरेका छन्र ।

जनशक्तिको उत्पादन नै शैक्षिक संस्थाहरुको प्रमुख दायित्व भएकोले यस तर्फ अझैं प्रभावकारी रुपमा अघि बढ्न संस्थाहरुलाई अपील गरेको छ । सो समझदारी पत्रको कार्यान्वयनले व्यापारिक प्रतिष्ठान र शैक्षिक संस्थाबिचको आपसी सहकार्यलाई बढावा दिने र यसबाट सैदान्तिक र ब्यबहारिक ज्ञानको आदान–प्रदान गर्न सजिलो हुने बिश्वास गरिएको छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसंगको समझदारीमा नेपाल चेम्बर अफ कमर्सको नाममा पूर्ण तथा आंशिक गरि देशैभर ४९ जना गरिव तथा जेहेन्दार बिद्यार्थीलाई करिब १ करोड बराबरको छात्रवृति प्रदान गर्ने कुरा उल्लेख छ । प्रिसीडेन्सियल बिजनेस स्कूलसंगको समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा देशैभर व्यवसाय प्रबर्दनलाई बढावा दिन बिभिन्न सिपमुलक तालिमहरु संचालन गर्ने कुरा समेटिएको छ ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका सदस्य तथा शिक्षा तथा खेलकुद समितिका सभापति दीपक काजी तुलाधरले समझदारी पत्रले नेपालमा शैक्षिक संस्था र उद्योगी–व्यवसायी बीच सहकार्यको सुरुवात भएको बताए ।

फाउन्डेसनका अध्यक्ष ई. पंकज जलान तथा प्रिसीडेन्सियल बिजनेस स्कूलका कार्यकारी निर्देशक लक्ष्मण केसीले नेपालमै बिदेशी बिश्वबिद्यालयको भन्दा उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको कुरा समेत उल्लेख गरेका छन् ।

Share News