काठमाडौं । विद्यालय भर्ना भई माध्यामिक तहको कक्षा पूरा गर्ने व्यक्तिलाई कम्तीमा १ लाख रुपैंया दिनेगरी प्रदेश नं २ सरकारले शिक्षा बीमा गराउने प्रयास सुरु गरेको छ । सरकारले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएका बालिकाले माध्यामिक तह पूरा गरी २० बर्ष पूरा गरेमा उसलाई कम्तीमा एकलाख रुपैंया दिनेगरी व्यवस्था गर्नेगरी शिक्षाबीमा गराउन प्रदेश २ सरकारले १५ दिनको समयसीमा दिएर बैंक तथा बीमा कम्पनीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।
इच्छुक बैंक तथा बीमा कम्पनीहरुले उक्त समयभित्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रस्ताव पेश गर्नसक्ने प्रदेश नं २ सरकारले जनाएको छ ।