नेपालमा मधुमेह रोगीको संख्या बढ्दो, खानपान र दैनिकीमा ध्यान नदिए खतरा

<p>काठमाडौं । मानिसहरुको दैनिकीमा आएको परिवर्तनले पछिल्ला दिनहरुमा नेपालमा मधुमेह(डायविटिज) रोगीको संख्या बढ्ने कारण रहेको स्वास्थ्य विज्ञहरुले औंल्याएका छन् । शुक्रबार राजधानीमा डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्धारा संयुक्तरुपमा मधुमेह र यसमा प्रयोग हुने औषधिको बारेमा आयोजित छलफलमा विज्ञहरुले मधुमेह रोग नेपाल जस्तो कम आय भएको मुलुकहरुका लागि झन जटिल बन्दै [&hellip;]</p>

काठमाडौं । मानिसहरुको दैनिकीमा आएको परिवर्तनले पछिल्ला दिनहरुमा नेपालमा मधुमेह(डायविटिज) रोगीको संख्या बढ्ने कारण रहेको स्वास्थ्य विज्ञहरुले औंल्याएका छन् । शुक्रबार राजधानीमा डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्धारा संयुक्तरुपमा मधुमेह र यसमा प्रयोग हुने औषधिको बारेमा आयोजित छलफलमा विज्ञहरुले मधुमेह रोग नेपाल जस्तो कम आय भएको मुलुकहरुका लागि झन जटिल बन्दै गएको बताएका छन् ।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष डा ज्योति भट्टराईले शहरी क्षेत्रका मानिसहरुमा मधुमेह रोग बढ्दो क्रममा देखिएको भन्दै त्यसले मानिसको जिवन नै खतरामा पारेको बताईन् । उनले उचित खानपान र दैनिकी नमिल्दा मधुमेहका विरोमीहरुको संख्या बढिरहेको र त्यससँग सम्बन्धि औषधिहरु नियमितरुपमा प्रयोग गर्नुपर्ने अवस्थामा वृद्धि भएको बताईन् । उनले मधुमेह नियन्त्रणका लागि प्रयोग हुने औषधिहरुले मानिसहरुमा मोटोपना देखिने, मुटुको समस्या आउनसक्ने तर्फ सचेत हुनुपर्ने बताईन् ।

त्यसैगरि डाक्टर डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपालकी अध्यक्ष डा. डिना श्रेष्ठले मधुमेहको रोग नियन्त्रणका लागि हाल नेपालमा विभिन्न किसिमका औषधिहरु उपलब्ध भएको भएपनि त्यसको नियमित प्रयोग र डाक्टरको नियमित सल्लाहलाई रोगीहरुले पालना गर्नुपर्ने बताईन् । उनले मधुमेह रोग उपचारका लागि अत्याधुनिक औषधिहरु नेपालमा नै उपलब्ध भएको भएपनि त्यसको प्रयोग गर्दा समेत उचित परामर्श र सल्लाहमा मात्र प्रयोग गर्नुपर्ने सुझाव दिईन् ।

मधुमेह रोग नै नलाग्न दिनका लागि मानिसहरुले उचित आहारबिहारमा ध्यान दिने र दैनिक व्यायाम गर्नुपर्ने स्पष्ट पारिन् । डा. श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित एक्सरसाइज गरेर नियमित डाक्टरसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय भएको बताईन् ।

त्यसैगरि डा. अमित शाक्यले मधुमेह रोग संसारभर महामारीको रुपमा फैलिएको र नेपाल जस्तै विकासोन्मुक मुलुकहरुमा यो अझ भयावहरुपमा देखापरेको बताए । उनले मधुमेहको उपचारका लागि पछिल्लो दिन आएको अत्याधुनिक औषधिहरुमध्ये एक रहेको एम्पाग्लिफ्लोजिन बिरामीहरुको सुगर नियन्त्रणका लागि लाभदायक साबित भएको बताए । उनले यो अत्याधुनिक औषधिले मोटोपनालाई कम गर्ने, मुटु तथा मुटुसँग सम्बन्धित समस्याहरुलाई कम गर्ने र उच्च रक्तचापलाई समेत नियन्त्रण गर्ने बताए ।

सो कार्यक्रममा सहभागी अन्य डाक्टर तथा विज्ञहरुले समेत नयाँ नयाँ रोगीहरु बढिरहेको सन्दर्भमा उचित खानपान र दैनिकीमा ध्यान दिनु नै सबैभन्दा उत्तम भएको बताए । उनीहरुले मधुमेह रोग लागीहालेमा पनि नडराउन भन्दै यसको उपचार नेपालमा नै गर्न सकिने र आवश्यक औषधिहरु नेपालमा नै उपलब्ध रहेको स्पष्ट पारे ।

सो छलफलमा मधुमेहको उपचारका लागि नेपालमा उपलब्ध रहेको अत्याधुनिक औषधि एम्पाग्लिफ्लोजिनको प्रयोग, यसको प्रभाव र रोग नियन्त्रणको प्रभावकारीताको बारेमा पनि छलफल भएको थियो । जसमा सो औषधिले मधुमेह भएका बिरामीहरुको शरीरमा भएको अत्यधिक सुगरेको मात्रालाई मृगौलाको माध्यमबाट पिसाबसँगै बाहिर फ्याँक्ने काम गर्ने जानकारी दिईयो । यो औषधि प्रयोग गर्ने रोगीले नियमितरुपमा प्रसस्त पानी र झोल पदार्थ पिउनुपर्ने सुझाव दिईएको थियो ।

एम्पाग्लिफ्लोजिन औषधि नेपालमा सिनर्जी कर्पोरेशनले जर्मन कम्पनी बोएरिंगर इन्गेल्हमबाट आयात गरेर नेपालमा सूपथ मूल्यमा उपलब्ध गराएको छ । बोएरिगर इन्गेल्हमले आफैंले अनुसन्धान गरेर उत्पादन गरेको यो औषधिको प्रभावकारिता निकै उत्कृष्ट भएको डाक्टरहरुले बताए ।

Share News